१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

मुस्ताङमा एकै महिनामा भित्रिए ७९ हजार पर्यटक



झापा– पर्यटकीय आकर्षणको केन्द्र रहेको मुस्ताङमा कात्तिक महिनामा मात्रै ७९ हजार भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले कात्तिक महिनामा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सार्वजनिक गरेकाे हाे ।

प्रहरीका अनुसार असोजदेखि मंसिरसम्म मुस्ताङमा धेरै पर्यटक भित्रिने गरेका छन् । कात्तिकमा मात्रै ७३ हजार ८७९ जना आन्तरिक तथा ५ हजार ५०४ जना बाह्य पर्यटक भित्रिएका हुन् ।

मुस्ताङ पुगेका पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी गर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  ८ : ३५ बजे