१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

सुत्केरीको मृत्यु प्रकरण : कोसी अस्पतालमा तोडफोड



मोरङ- कोसी अस्पताल विराटनगर तनावग्रसत बनेको छ । सुत्केरीको मृत्युको विषयलाई लिएर अहिले साँझ अस्पताल तनावग्रस्त भएको हो ।

सात दिने सुत्केरी मोरङ धनपालथान गाउँपालिका ३ की १८ वर्षिया सुलेखा मण्डलको बिहीवार साँझ मृत्यु भएको थियो । घटनापछि उनको परिवारका सदस्यले अस्पतालमा तोडफोड र नारावाजी गरेका हुन् ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अहिले अस्पताल परिसर भित्र नाराबाजी गरिरहेका छन् । मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  १० : ३८ बजे