१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

कोसीमा एमालेले माग्यो पाँच मन्त्रालय



झापा- नेकपा एमालेले कोशी प्रदेश सरकारमा पाँच वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले नौ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो पार्टीले पाँच वटा मन्त्रालयमा दाबी गरेको बताए । यद्यपि मुख्यमन्त्री कार्कीसँग मन्त्रालय बाँडफाडका लागि छलफल हुन बाँकी छ ।

बुधबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीसँग छलफल हुने एमाले नेता भण्डारीले बताए ।

आफ्नो दलका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार शपथ ग्रहणपछि आफ्नो दलका शमशेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार ००:००  ९ : ३५ बजे