७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झाँकी भन्छिन्, ‘नेकपा एकीकृत समाजवादी सक्किने बाटोमा गइसक्यो’



झापा- राजनीतिमा सधैँ चर्चामा रहने पात्र हुन् रामकुमारी झाँकी । एमालेबाट फुटेर नेकपा समाजवादी गठन भएपछि उनी त्यसको सचिव छिन् ।

शुक्रवार उनै सचिव झाँक्रीले अनलाइनखबरलाई दिएको अन्तवार्तामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी मोर्चाको विषयमा यस्तो टिप्पणी गरिन् ।

पार्टी अध्यक्ष माधव नेपालबारे–
‘उहाँलाई एउटा सानो पार्टी, दुई चार जना सांसद, सरकार, गठबन्धन, मोर्चा लगायत गतिविधि गर्ने ठाउँ चाहिएको छ । त्योभन्दा ठूलो चिज चाहिएको जस्तो लागेन । सरी, फेरि बढ्ता बोले हुँला । त्यसबाट पर्न जाने क्षतिप्रति जिम्मेवार छु ।’

समाजवादी मोर्चाबारे–
‘स्वतन्त्र हिसाबले मैले भन्ने हो भने, हाम्रो महासचिवले विभिन्न सन्दर्भमा ‘स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कगको बाटो हिँड्ने’ भन्नुहुन्थ्यो, ठ्याक्कै त्यही हो । यो जम्मै कार्यकर्ता सक्किने मेसो हो । म भर्चुअली भन्छु, समाजवादी मोर्चामा समाजवादी सबैभन्दा धेरै जोखिममा छ । मोर्चातिर अलमलिनु भनेको समाजवादी त सक्किने मेसो हो ।’

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ००:००  १० : २० बजे