१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापाको शान्तिनगरबाट किशोरी वेपत्ता



बिर्तामोड-झापाको शान्तिनगरस्थित गढीगाउँबाट बिहीवार एकजना किशोरी वेपत्ता भएकी छन् । बुद्धशान्ति–५ घर भएका ठाकुरप्रसाद चापागाईकी १८ वर्षीया छोरी सीता चापागाईँ वेपत्ता भएकी हुन् ।

बर्नेस्थित फपुको घरमा जाने भन्दै चापागाई बिहीवार बिहान ७ बजे घरबाट निस्किएकी थिइन् । तर, उनी फुपुको घरमा नगई बाटैबाट वेपत्ता भएको जनाइएको छ । परिवारजनले छोरी हराएको भन्दै खोजीका लागि सार्वजनिक अपिल गरेका छन् ।

सम्पर्कका लागि परिवारजनका तर्फबाट मोवाइल नम्वर 9814968324 पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ९ : ०४ बजे