१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती



काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् । प्रधानमन्त्रीको दैनिक कामलाई प्रभावकारी बनाउन कर्मचारीको सङ्ख्या कटौती गरिएको हो ।

सचिवालयको काम प्रभावकारी नभएको चौतर्फी गुनासो पछि प्रधानमन्त्री दाहालले सचिवालयको आकार घटाएको जनाइएको छ ‌।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले राजनीतिक नियुक्ति लिएर आएका र कार्यालय तथा संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको बताए ।

प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिइसकेका छन् ‌। उनीसँगै १८ जनालाई स्वकीय सचिवालयबाट बिदा गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ९ : ३९ बजे