बिर्तामोड-झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ । मेचीनगर-८ का ४३ वर्षीय सुन्दर किसानको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
बिहीवार बिहान उनको शव भेटिएको हो । हिजो साँझ खाना खाएर घरबाट निस्किएका किसान मृत भेटिएका हुन् । आवश्यक अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको डीएसपी रिजालले जानकारी दिए ।