झापा-नेपालमा चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कले रेमिट्यान्सको मात्रा देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्सको मात्रा बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो महिनामा १५ दशमलव २ प्रतिशतले रेमिट्यान्स बढेर दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार अमेरिकी डलरमा नेपालको रेमिट्यान्स १ अर्ब ९६ करोड पुगेको छ ।