भद्रपुर– झापाको कचनकवल गाउँपालिकामा बुधबार राति करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । कचनकवल-४ केचनाका १५ वर्षीय विशाल साहको मृत्यु भएको हो ।
स्थानीय ललन साहका छोरा विशाललाई करेन्ट लागे लगत्तै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो । अचेत अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घर बाहिर बरण्डामा उनलाई कसरी करेन्ट लाग्यो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।