झापा-झापाको दमक नगरपालिका घर भएका तीनवर्षीय बालकको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । काठमाडौँको तारकेश्वरमा भएको दुर्घटनामा बालकको ज्यान गएको हो ।
महादेव खोलास्थित सडकमा बा ३ ख ३३४४ नम्बरको ट्रिपरको ठक्करबाट २५ वर्षीय सबिना घलेको छोरा तीन वर्षीय दिप्सनकुमार धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनापछि प्रहरीले ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।