काठमाडौँ-हवाई टिकट नपाएपछि १४०० भन्दाबढी नेपाली कामदार कोरिया जानबाट रोकिएका छन् । रोजगार अनुमति प्रणाली अन्तर्गत छनोट भई भिसा आएका कामदार कोरिया जानबाट रोकिएका हुन् ।
दशैं तिहारको बीचमा धेरै श्रमिकको भिसा आएकाले ओडानमा समस्या भएको वैदेशिक रोजगार विभागको शाखाका प्रवक्ता कमलराज श्रेष्ठले बताए ।
डिसेम्बरका लागि ६५० जना श्रमिकको उडान तालिका तय भएको छ । कोरिया जाने कामदारले टिकटका लागि अझै दुई साता कुर्नुपर्ने बाध्यता छ ।
काेरियन एयरको जीएसए युनिभर्सल टुर एण्ड ट्राभल्सले टिकट उपलब्ध गराउन नसकेका कारण रोकिनु परेको नेपाली श्रमिकको गुनासो छ ।
















