१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

एन्फाले रकम भुक्तानी नदिएको आरोप : बी डिभिजनका १० क्लबद्वारा लिग नखेल्ने घोषणा



काठमाडौँ-अखिल नेपाल फुटबल सङ्घ एन्फाले बक्यौता रकम भुक्तानी नदिएको जनाउँदै सहिद स्मारक बी डिभिजनका १० वटा ले लिग नखेल्ने घोषणा गरेका छन् ।

बक्यौता रकम नपाएसम्म बी डिभिजन लिग नखेल्ने घोषणा गर्दै ती क्लबले सोमबार विज्ञप्ति जारी गरेका हुन् । अघिल्लो साता एन्फाले बी डिभिजन लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुने निर्णय गरेको थियो ।

मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने एन्फाको निर्णय सार्वजनिक भए लगत्तै क्लबहरूले बक्यौता रकम भुक्तानीको माग राखेर लिग नखेल्ने जनाएका हुन् ।

एन्फाले २०७८ सालमा भएको लिगको टिम तयारीबापत पाउनुपर्ने रकम अहिलेसम्म भुक्तानी नदिएको क्लबहरूको आरोप छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ००:००  ९ : १८ बजे