धनकुटा-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना सबै कमी कमजोरी सच्याउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले शनिबार जिल्ला सदरमुकाम आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् ।
विभागले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच जिल्ला स्तरीय प्रशिक्षात्मक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफ्ना कामको आत्मसमीक्षा गर्न जनप्रतिनिधिलाई अनुरोध गरे ।
मुख्यमन्त्री कार्कीले पार्टीको हितविपरीत हुने र पार्टीलाई बदनाम गर्ने छुट एमालेका जनप्रतिनिधिलाई नभएको बताए ।