६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मातातीर्थ औँसीकै दिन बिर्तामोडमा महिलाको हत्या



बिर्तामोड-झापाको बिर्तामोडमा मङ्गलबार राति एकजना वृद्धाको हत्या भएको छ । बिर्तामोड ४ घर भएकी ६८ वर्षीया विष्णुमाया बिष्टको हत्या भएको प्रहरीले जनाएको हो ।

राति बिष्टको घरमा चोर आएको थाहा पाएपछि छिमेकीहरू पनि भेला भएका थिए । खोजतलास गर्दा चोर फेला नपरेपछि बिष्ट सुतेकी थिइन् ।

बिहान उनलाई मृत अवस्थामा फेला पारिएको हो । रडले हानेर बिष्टको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

झापाका प्रहरी प्रमुख मिलन केसीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ००:००  १० : ४७ बजे