१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

बिर्तामोड-२ को सोमबारेमा असोज ७ गतेदेखि जिल्लास्तरीय फुटबल



बिर्तामोड– झापाको बिर्तामोड-२ सोमबारेमा फुटबल प्रतियोगिता हुने भएको छ । सोमबारे योङ स्टार फुटबल क्लबले असोज ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष उमेश राईले सोमबारे फुटबल प्रतियोगिता आयोजना गरिएको र त्यसको तयारी तथा व्यवस्थापनका काम भइरहेको बताए ।

क्लबले मंगलबार खेल मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि ४ लाख रकम सहयोग स्वरूप प्राप्त भइसकेको र बाँकी रकम पनि उठ्ने क्रममा रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

क्लबका सचिव माधव खरेल प्रतियोगिताका लागि १२ वटा फुटबल क्लबले नाम दर्ता गरिसकेको बताउँछन् । जिल्ला स्तरीय उक्त प्रतियोगितामा विभिन्न क्लवहरूले नाम टिपाइरहेका छन् ।

प्रतियोगितामा विजय हुने टिमले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने सचिव खरेलले जानकारी दिए । वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ००:००  १२ : ३५ बजे