१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

जात्राबाट फर्किरहेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु



झापा-दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्कने क्रममा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरकाे बोलेरो जीप गएराति दुर्घटना भएको हो ।

ग्वानी नजिक सिराड खोलामा जीप दुर्घटना भएको र प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीपमा कति यात्रु थिए भन्ने विषयमा केही पनि खुलेको छैन ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ००:००  ७ : २८ बजे