७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

सहकारीको रकम अपचलनमा संलग्नलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन



झापा-संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई फरार रहेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले गृहमन्त्री रमेश लेखक र गृहसचिव एकनारायण अर्यालसँग छलफल गरी देशबाहिर रहेका १८ जनालाई नेपाल फर्काउन निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सभापति सूर्य थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

समितिले कारागार र थुनामा रहेका २४ जनालाई सोधखोज गर्नुपर्ने देखिएको जनाउँदै उनीहरूको नाम गृहमन्त्रीलाई बुझाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ३ : ५० बजे