११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

उद्योगीको संगठित मिलेमतोमा सिमेन्टको भाउ बढ्यो : कार्टेलिङ गर्दैछन् सिमेन्ट उद्योग



झापा-उद्योगीको संगठित मिलेमतोमा सिमेन्टको भाउ बढेको छ । यसअघि प्रचलित भाउमा उद्योगीले प्रति बोरा १०० रुपैयाँ बढाएका हुन् । यसअघि सिमेन्टको भाउ सरदर प्रति बोरा ५०० रुपैयाँ थियो ।

संगठित रुपमा भाउ वृद्धि गर्ने उद्योगीको कार्यशैलीले सिमेन्ट उत्पादनको क्षेत्रमा कार्टेलिङ सुरु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष जयराम लामिछानेले मिलेमतोमा सिमेन्टको भाउ बढाइएको बताए ।

अहिले सिमेन्टको भाउ ६०० रुपैयाँ पुगेको छ । सिमेन्ट उत्पादक संघको अग्रसरतामा सबै उद्योगले एकैपटक भाउ बढाएका छन् । पूर्व अध्यक्ष लामिछानेका अनुसार ठूला उद्योगको पहलमा भाउ बढेको हो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सधैँ घाटामा सिमेन्ट बेच्न नसकिने भएकाले यसपटक भाउ बढाइएको बताए । टिक्न नसक्ने अवस्था आएपछि मूल्यमा समायोजन गरिएको उनको दाबी छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ८ : ५८ बजे