बिर्तामोड-झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ ।
मङ्गलबार दिउँसो १ बजेतिर गाई काटिएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लीलाप्रसाद सिलवालको लैनोगाई चोरी भएको थियो ।
काटिएको गाईलाई विधिपूर्वक कन्काई माईमा लगेर अन्त्येष्टि गरिएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बाह्रदशी ४ ठेगाना भएका ४० वर्षीय बुदना आलम लगायतलाई पक्राउ गरेको छ ।
घटनाको विरोधमा धर्मगुरु सडकमा उत्रिएका छन् । गोलो गोवर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाजको नेतृत्वमा गुरुहरूको टोली सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो ।