१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

बैंकहरूमा पैसा थुप्रियो : तरलता व्यवस्थापनमा थप सकस



झापा-पैसा थुप्रिँदै गएपछि बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस हुन थालेको छ । अत्याधिक तरलताका कारण अन्तर बैंक सापटीको ब्याजदर पनि ३ प्रतिशतमा झरेको छ ।

अत्याधिक तरलता भएपछि राष्ट्र बैंकले कार्तिक २१ गते एक खर्ब रुपैयाँ तानेको थियो । आइतबार पुनः एक खर्ब रुपैयाँ राष्ट्र बैंकले तानेको छ ।

बैंकहरूले दुई खर्ब रुपैयाँ राख्न बोलकबोल गरेका थिए । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर तरलता खिचिरहे पनि समस्या जस्ताको तस्तै छ ।

बैंकहरूमा अत्याधिक पैसा थुप्रिएका कारण यस्तो समस्या सिर्जना भएको हो । आइतबारसम्म बैंकमा ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप छ । बैंकहरूको कर्जा लगानी भने ५२ खर्ब ७५ अर्ब मात्रै छ ।

लगानी योग्य रकमसमेत लगानी गर्न नसकेका कारण बैंकमा पैसा थुप्रिएको हो । बैंकहरूले कर्जाको माग बढ्न नसक्दा समस्या भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ८ : १९ बजे