झापा-सरकारले यो वर्ष रसायनिक मलको अभाव हुन नदिने भएको छ । किसानको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखेर सरकारले रसायनिक मल आयात गरिरहेको हो ।
अघिल्लो वर्ष रसायनिक मल पर्याप्त उपलब्ध नहुँदा किसान समस्यामा परेका थिए । चालु आर्थिक वर्षमा सरकारले २ लाख टन भन्दाबढी मल आयात गरिसकेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५ लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल आयात गर्दै आएका छन् । मङ्सिर मसान्तसम्म सरकारको वार्षिक लक्ष्यको ३८ प्रतिशत मल आयात भइसकेको छ ।