१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

गौरीगञ्जबाट ब्राउन सुगरसहित तीन जना पक्राउ



बिर्तामोड-झापाको गौरीगञ्जबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पैदल हिँडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा सोमबार राति उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गौरीगञ्ज १ का उत्तम राजवंशी, सोही ठाउँका गोविन्द राजवंशी र किरण काेच रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकामध्ये उत्तमको साथमा ९०० मिलिग्राम ब्राउन सुगर भेटिएको हो ।

ब्राउन सुगरसँगै नेट्राक्रस ८० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ००:००  ८ : ०५ बजे