११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

आबु खैरेनी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो



पोखरा-तनहुँको आबुखैरेनीमा शुक्रबार मध्यान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले साँझसम्म २७ जनाले ज्यान गुमाएको बताए ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बसमा ४३ जना सवार थिए । १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आबु खैरेनी गाउँपालिका २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ००:००  ७ : ०२ बजे