२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउन कार्यदल गठन



झापा-कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहमा सुधार गर्ने गरी सुझाव पेश गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नवनियुक्त मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सम्हालेकै दिन यातायात व्यवस्था कार्यालयको भौतिक संरचना तथा सेवा प्रवाहमा सुधारका लागि सुझाव पेश गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो ।

प्रदेश कार्यालय मातहत आठवटा यातायात व्यवस्था कार्यालय छन् । त्यसले प्रवाह गर्ने सार्वजनिक सेवाका विषयमा जनस्तरबाट सधैँ गुनासो सुनिँदै आएको छ ।

मन्त्रालयको कानुन तथा प्रदेशसभा मामिला महाशाखा प्रमुख संयोजक रहेको चार सदस्यीय कार्यदललाई सुझाव पेश गर्न १५ दिनको समय तोकिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ८ : ४९ बजे