१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

नेपाल आयल निगमद्वारा सरकारलाई ३ करोड सहयोग



झापा-नेपाल आयल निगमले सरकारलाई ३ करोड रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निगमले ३ करोड रुपैयाँ उपलब्ध गराएको हो ।

निगमले उपलब्ध गराएको उक्त रकम सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । निगमका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायतले चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द कार्की, निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट लगायत निगम सञ्चालक समितिका सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ८ : ५३ बजे