भद्रपुर-भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठलाई पुत्र शोक परेको छ । काठमाडौँमा भएको स्कुटर दुर्घटनामा श्रेष्ठका छोरा निश्चल राजभण्डारीको मृत्यु भएको हो ।
भद्रपुर ८ स्थायी घर भएका राजभण्डारी तीन दिनअघि पत्नी पूजासहित भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परेर घाइते भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पूजाको भने उपचार भइरहेको छ । अस्ट्रेलियामा बस्दै आएका राजभण्डारी दम्पति केही दिनअघि भद्रपुरस्थित घरमा आएर काठमाडौँ फर्किएका थिए । उतैबाट अस्ट्रेलिया जाने तयारी थियो ।