११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

कृषिथोक बजारमा ल्याइएको टमाटरमा विषादीको मात्रा अत्याधिक



बिर्तामोड-झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटरमा विषादीको मात्रा अत्याधिक भेटिएको छ । दैनिक उपभोग्य तरकारीको रूपमा टमाटरलाई लिने गरिन्छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका अनुसार इलामबाट आयात गरिएको टमाटरमा विषादीको मात्रा उच्च भेटिएको हो । उपभोग गर्नै नमिल्ने गरी टमाटरमा विषादीको मात्रा भेटिएको प्रयोगशालाले जनाएको छ ।

टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको हो । ४५ भन्दा माथि देखिएमा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार ००:००  ८ : ०९ बजे