बिर्तामोड-झापाको गौरीगञ्जस्थित देवकोटा बोर्डिङ स्कूलको बसले बुधबार अपरान्ह ठक्कर दिँदा दुईजना घाइते भएका छन् । प्र १–०१–००१ क ९७८ नम्बरको बसले ठक्कर दिएको हो ।
प्र–१–०१–०१६ प ५०६७ नम्बरको मोटरसाइकल र स्कूल बस आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गौरीगञ्जका ५५ वर्षीय फागु राजवंशी र १९ वर्षीय अनबारिस राजवंशी घाइते भएका छन् ।
गौरीगञ्जको तुलाचन चोक को भित्री सडकमा दुर्घटना भएको जनाइएको छ । घाइते दुवै बाबु छोरा हुन् । उनीहरूलाई उपचारका लागि निम्स अस्पताल दमक लगिएको छ ।
घटनापछि बस चालक गौरीगञ्जका ४१ वर्षीय एकराज कटुवाल पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखिएको छ ।


















