ताप्लेजुङ-ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका-३ सिकैँचाकाे वडाध्यक्षका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा एक हजार पाँच सय भन्दाबढी मतदाता सहभागी हुनेछन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी विपिन दुलालले उपनिर्वाचनका लागि दुईवटा मतदानस्थल निर्धारण गरिएको बताए ।
निर्वाचन आयोगले कार्तिक २६ गते अगावै मतदाता नामवली प्रकाशित गर्ने तयारी गरिरहेको छ । निर्वाचनका लागि मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका छ ।