मोरङ-बलात्कार मुद्दाका दुई अभियुक्त पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुन्दर हरैंचा नगरपालिका-५ लाटीझोडाका रामे भनिने कुलबहादुर तामाङ र मोरङ जहदा गाउँपालिका ५ का मानु टुडु रहेको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
तामाङलाई २०७३ असार २८ गते ११ वर्ष सजाय तोकिएको थियो । उनलाई बेलबारी प्रहरीले पक्राउ गरेको हो । टुडु सामूहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् ।