बिर्तामोड-बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संघीय सरकारको वन पैदावार नीति अव्यवहारिक भएको बताउनु भएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको दशौँ जिल्ला अधिवेशनलाई झापाको बिर्तामोडमा सम्बोधन गर्दै उपप्रमुख संग्रौलाले वन पैदावार नीतिको आलोचना गर्नु भएको हो ।
उपप्रमुख संग्रौलाले खराब वन नीतिका कारण अर्बौँ रुपैयाँको काठ कुहिएर गइरहेको बताउनुभयो । ‘खराब वन नीतिका कारण अर्बौं रुपैयाँका काठ पोचिए’, कार्यक्रममा उपप्रमुख संग्रौलाले भन्नुभयो ।
वन कार्यालय र घाट गद्दीमा अर्बौँ रुपैयाँका काठ कुइन अवस्थामा पुग्दा समेत राज्यको ध्यान जान नसक्नु विडम्बनाको विषय भएको संग्रौलाको धारणा छ ।
उपप्रमुख संग्रौलाले सबै सरकारी कार्यालयमा नेपालमा उत्पादन भएका फर्निचर सामग्रीको प्रयोग गर्ने व्यवस्थालाई अनिवार्य गरिनुपर्नेमा पनि जोड दिनुभएको छ ।