२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

तिहारमा १ अर्ब १९ करोड रूपैयाँको भाइमसला आयात



झापा-तिहारमा बढ्दो माग धान्न एक अर्ब १९ करोड १२ लाख रुपैयाँको भाइमसला आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यति धेरै मूल्यको भाइमसला आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

बदाम, काजु, पिस्ता, नरिवल, किसमिस, ओखर, कटुस, छोकडा लगायतका सामग्रीलाई भाइमसला भन्ने चलन छ । दिदीबहिनीले तिहारका बेला आफ्ना दाजुभाईलाई टीका लगाएर भाइमसलाका साथमा मिठाई, सेलराेटी, अर्सा, अनर्सा लगायतका परिकार दिने गर्छन् ।

विभागकाे तथ्याङ्क अनुसार तीन महिनामा १४ करोड ३६ लाख १७ हजार रुपैयाँ बराबरको सुख्खा नरिवल नेपाल आयात भएको छ । २६ करोड १ लाख ६८ हजारको काजु आयात भएको विभागले जनाएको छ । व्यवसायीले एक करोड १९ लाख ७२ हजार रुपैयाँको छाेकडा पनि आयात गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार ००:००  ८ : ०३ बजे