काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । बैठक गत साताको बुधबारदेखि जारी थियो । बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेश भएका छन् ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० दिनका लागि केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको जानकारी दिए । पेश भएका प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
मंगलबारदेखि संघीय संसदका बैठक नियमित भएका कारण कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक रोकेको हो । यसैसाता विभिन्न चाडपर्व भएकाले अर्को बैठक भदौ ७ गतेका लागि तोकिएको छ ।














