बिर्तामोड-नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्न सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
एमाले झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गिरीले पार्टीविरुद्ध फैलाइएको भ्रम चिर्न सशक्त प्रतिवाद गर्नुपर्ने बेला आइसकेको बताएका हुन् ।
‘नेकपा एमालेले निरन्तर धैर्य गर्दै आएको हो’, अध्यक्ष गिरीले भने, ‘अब पनि एमालेले धैर्य गरेर बस्नुपर्छ जस्तो लाग्दैन ।’ पार्टीको नीति, विचार र सिद्धान्तलाई जनस्तरमा लैजाने सन्दर्भमा नेता कार्यकर्ताले प्रमुख भूमिका खेल्नुपर्नेमा अध्यक्ष गिरीको जोड छ ।
एमाले झापाका उपाध्यक्ष शिव ढुंगेल एमालेलाई घेराबन्दीमा पार्ने शक्तिका विरुद्ध कार्यकर्ता पंक्ति खरो रुपमा उत्रिनुपर्ने बताउँछन् । एमाले विरुद्ध जे जति भ्रम फैलाइएका छन्, तिनलाई शालिनतापूर्वक प्रतिवाद गर्नुपर्ने उनले बताए ।
अगुवा कार्यकर्ता भेलालाई केहीबेरपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।