झापा-युट्युबमा सार्वजनिक भएको पाँच दिनमा १५ लाखले फिल्म ‘महापुरुष’ हेरेका छन् । लक्ष्मीपूजाको दिन कात्तिक १५ मा फिल्म युट्युबमा सार्वजनिक गरिएको थियो ।
फिल्मले मंगलबार दिउँसोसम्म १५ लाख भ्यूज बटुलेको हो । करिब तीन हजार दर्शकले फिल्मको कथाले मन छोएको भन्दै प्रतिक्रियासमेत दिएका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको फिल्म ‘महापुरूष’ सन्तान विदेसिएपछि एक्लिएका पिताको कथामा आधारित छ।फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँलगायत कलाकारको अभिनय छ।
२०७९ सालमा प्रदर्शन फिल्मले चलचित्र विकास बोर्डको विवरणअनुसार हलमा सात करोड ३८ लाख ग्रस कलेक्सन गरेको थियो।


















