१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

नेकपा एमालेद्वारा वार्षिक कार्य योजना पारित



काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठकले वार्षिक कार्य योजना पारित गरेको छ । पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा सचिवालय बैठकले कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनाका विषयमा छलफल गर्न शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले कार्ययोजनामा विभिन्न १८ वटा विशेष समेटिएको बताए । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण नियमित अधिवेशन लगायतका विषय कार्य योजनामा समेटिएका छन् ।

सबै तहका अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी एमालेले कार्ययोजना बनाएको छ । पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ ।

सरकारले गरेका कामलाई जनस्तरमा प्रभावकारी रूपमा लैजानुका साथै पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने योजना पनि एमालेको प्राथमिकतामा छ ।

कार्य योजना अनुसार पार्टीले केन्द्रदेखि वडासम्म आफ्ना कार्यालयहरूलाई व्यवस्थित गर्नुपर्ने छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ००:००  ९ : ४० बजे