१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

मङ्सिर २२ गते विराटनगरमा कांग्रेसको कोशी प्रदेश सम्मेलन



झापा-नेपाली कांग्रेस कोशी प्रदेश समितिले मङ्सिर २२ गते विराटनगरमा कोशी प्रदेश सम्मेलन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसको कोशी प्रदेश समितिको बैठकले प्रदेश सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले सम्मेलनको आवश्यक तयारी तथा व्यवस्थापनका काम सुरु गरिएको बताए । पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको तयारीका लागि समितिले कार्य विभाजनसमेत गरेको छ । राजनीतिक र सांगठनिक प्रस्तावका लागि महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापालाई जिम्मेवारी दिइएको छ ।

काङ्ग्रेसले कचनकवल सगरमाथा जागरण अभियानसमेत सञ्चालन गर्ने सभापति थापाले बताए । पार्टीको सय दिने अभियानलाई सघाउ पुर्‍याउने गरी जागरण अभियान चलाउन लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ९ : ४३ बजे