झापा-जिल्ला प्रहरी कार्यालय झापाले तीनजना प्रहरीलाई निलम्बित गरेको छ । बलात्कार मुद्दाका अभियुक्त अस्पतालबाट फरार भएपछि ड्युटीमा खटिएका तीनजना प्रहरी निलम्बनमा परेका हुन् ।
बालिका बलात्कारको अभियोगमा पक्राउ परेका भद्रपुर ५ का २४ वर्षीय जीवन साह शनिबार बिहान प्रहरीलाई छक्काएर ओम साई पाथिभरा अस्पताल परिसरबाट फरार भएका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राईलाई निलम्बन गरेको हो । साह अस्पताल परिसरबाट श्रीमतीसहित स्कुटरमा फरार भएको देखिएको छ।














