काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एकजना घाइते भएको पुष्टि गरेको छ । बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना भएको हो ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत घटनामा भएको मानवीय क्षतिबारे स्पष्ट पारेको हो ।प्राधिकरणका अनुसार अनुसार बिहान ११११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा जहाज दुर्घटनाग्रस्त हुन पुगेको थियो ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को पाइलट एस कटवाल रहेका थिए । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक अरिफ रेडा सवार रहेका थिए ।


















