८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

खुकुरी हानेर किशोरीको हत्या, आमा घाइते



सुनसरी-धरानमा मंगलबार खुकुरी प्रहार गरी १४ वर्षीया किशोरीको हत्या गरिएको छ । घटनामा ती किशोरीकी आमा गम्भीर घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार खुकुरी प्रहारबाट १४ वर्षीया युनिसा शाही मारिएकी हुन् । घटनामा उनकी आमा सिर्जना घाइते भएकी छन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले संखुवासभाको खाँदबारी नगरपालिका २ घर भएका ३३ वर्षीय बबिन बराललाई पक्राउ गरेको छ ।

घाइते सिर्जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरी प्रहरीका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार घरायसी विवादको विषयमा उनीहरूबीच झगडा सुरु भएको थियो । आमा छोरी आफ्नै मोबाइल पसलमा बसिरहेका बेला बरालले खुकुरी हानेको जनाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार ००:००  ९ : ५७ बजे