२ असार २०८२, सोमबार | Tue Jun 17 2025

ट्रिपर दुर्घटनामा भारतीय दुई मजदुरको मृत्यु



झापा-अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई भारतीय मजदुरको दुर्घटनामा मृत्यु भएको छ । बुधबार साँझ संखुवासभाको मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा ट्रिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ एचपी ११-४९३३ नम्बरको ट्रिपर दोभानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र २९ वर्षीय शारुक मोहम्मदले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई भारतीय नागरिक घाइते भएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ९ : २९ बजे