२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बजेट पारित गर्ने बेलामा काङ्ग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ– नेपाली काङ्ग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । संसदमा बजेट बारेको छलफल सकिएर पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले संसदीय दलको बैठक डाकेको हो ।

काङ्ग्रेस संसदीय दलका नेता पार्टी सभापति शेरबहादुर देउवाले असार ७ गते शुक्रबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

असार ७ गते दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने काङ्ग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : ३० बजे