१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

नेपाली कांग्रेस विधान संशोधनको तयारीमा



काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसले विधान संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले आफ्नो विधानलाई समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेको हो ।

यसअघि भदौ १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले तत्काल विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । यद्यपि, मस्यौदा समितिको संयोजक र सदस्यहरू भने तोक्न बाँकी छ ।

आवश्यक परामर्श गरी पार्टी सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समितिको संयोजक र सदस्यहरू तोक्ने निर्णय बैठकले गरेको थियो । समिति बनेपछि विधान संशोधनको विषयमा थप छलफल हुने कांग्रेस नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ००:००  ९ : ०१ बजे