बिर्तामोड– बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने विकास योजनामा जनसहभागिता अनिवार्य गरिने भएको छ ।
बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको पाँचौं अधिवेशनको दोस्रो बैठकले विकास योजनामा जनसहभागिता अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले नगरमार्फत सञ्चालन हुने विकास योजनाहरूमा कम्तिमा २० प्रतिशत लागत सहभागिता अनिवार्य गरिएको बताइन् ।
नगर प्रमुख प्रसाईका अनुसार लागत सहभागिताका आधारमा स्थानीय उपभोक्ताले कम्तीमा २०% रकम वा जनश्रमदान गर्ने व्यवस्था मिलाइएको छ ।
विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन र अपनत्वका लागि जनसहभागिता जुटाउँदै लैजाने नीति नगरपालिकाले अवलम्बन गरेको नगर प्रमुख प्रसाईले बताइन् ।