सुनसरी- तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट करिव १० लाख नगदसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका नडाहाबाट उनीहरु समातिएका हुन् ।
स्थानीय जीवन कार्कीको घरमा छापा मारेर प्रहरीले जुवाडे समातेको हो । सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राम तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिकाका नौ जना छन् ।
प्रहरीले भोजपुरका ३ जना, ललितपुर, इटहरी र रामधुनीका १-१ जनालाई पनि घटनास्थलबाट समातेको छ । उनीहरुलाई बरामद नगद, मोबाइल र ताससहित इप्रका महेन्द्रनगर सुनसरीमा राखिएको छ ।