५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मेचीनगरमा तोरी खेती गर्ने किसानलाई २७ लाख अनुदान



मेचीनगर-तोरी खेती प्रवर्द्धन कार्यक्रममार्फत मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका किसानलाई करिब २७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।

नगरका १५ वटै वडाका किसानले तोरी खेतीका लागि अनुदान रकम पाएका छन् । ८३३ जना किसानलाई २६ लाख ८३ हजार रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले व्यावसायिक कृषिको क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्य राखेर नगरले अनुदान वितरण गरेको बताए ।

मेचीनगरको कृषि शाखाका अनुसार तोरी खेती प्रवर्द्धन कार्यक्रममार्फत तोरी उत्पादनमा किसानले प्रति किलो १५ रुपैयाँका दरले अनुदान पाएका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  २ : ३० बजे