झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म काम गर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा दुईतिहाइ सांसदको विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका सबै माननीय सांसदलाई धन्यवाद पनि दिएका छन् । आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकबाट द्वितीय सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको थियो । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ ।














