८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापा जिल्ला डोरी तान संघको अध्यक्षमा युनिता सर्वसम्मत



बिर्तामोड- झापा जिल्ला डोरी तान संघको अध्यक्षमा युनिता दवाडी सर्वसम्मत चयन भएकी छन् । उनी दोस्रो कार्यकालका लागि संघको नेतृत्वमा चयन भएकी हुन् । शनिवार झापाको बिर्तामोडमा भएको संघको अधिवेशनले युनितालाई फेरि नेतृत्व गर्ने अवसर दिएको हो ।

संघको उपाध्यक्षमा कुशव मैनाली र हेमकुमार न्यौपाने, सचिवमा मनिष मुर्मू, सहसचिवमा शंकर कट्टेल, कोषाध्यक्षमा मेनुका उप्रेती र सह कोषाध्यक्षमा विजय दुलाल चयन भएका छन् । बिर्तामोड वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा संघको अधिवेशन भएको हो ।

अधिवेशनले सदस्यहरुमा शंकर कार्की, कुशल न्यौपाने, नविन भट्टराई, श्रीप्रसाद न्यौपाने, पुष्प न्यौपाने र भरत ढकाललाई चयन गरेको छ । अधिवेशनमा संघका केन्द्रीय सदस्य संगीता चिमरिया र प्रदेश उपाध्यक्ष हिमा पौडेलको विशेष आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार ००:००  १० : ०५ बजे