२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सामान्य विवादमा खुकुरी हानेर छिमेकीको हत्या



संखुवासभा-छिमेकी बीचको विवादमा संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीका भीमबहादुर गुरुङ मारिएका छन् । छिमेकी दुर्गामाया गुरुङले खुकुरी हानेर भीमबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले सामान्य विवादका क्रममा भीमबहादुरमाथि दुर्गामायाले खुकुरी हानेको बताए । भीमबहादुरको हत्या भएको खबरपछि पुगेको प्रहरी टोलीले दुर्गामायालाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत बरामद भएको प्रनाउ बस्नेतले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ००:००  ८ : १९ बजे