१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

भद्रपुर नगरपालिकाद्वारा अखाद्य र म्याद गुज्रिएका सामान जफत



भद्रपुर-भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । तिहारको पूर्व सन्ध्यामा नगरपालिकाले बजारमा आफ्नो सक्रियता बढाएको हो ।

नगर उपप्रमुख राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन अनुगमन गरिएको छ । किराना पसल तथा होटलको अनुगमन गरिएको हो । अनुगमनपछि म्याद नाघेका सामग्री नष्ट गरिएको छ ।

म्याद गुज्रिएका सामग्री र अखाद्य पदार्थ जफत गरिएको नगरपालिकाको राजस्व शाखाका प्रमुख सुशील कर्णले जानकारी दिए । दुई दिन नगरका २८ वटा पसलमा अनुगमन गरिएको उनले बताए ।

अनुगमन टोलीकी संयोजक समेत रहेकी नगर उपप्रमुख कार्कीले यसपटकको अनुगमनका क्रममा व्यवसायीहरु निकै सचेत भएको बताइन् । बजार अनुगमनलाई निरन्तरता दिने बताउँदै संयोजक कार्कीले उपभोक्ता हितको पक्षमा सदैव उभिने दृढता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ९ : १९ बजे